दृष्टिविहिनलाई फलफूल वितरण

तुलसीपुर, ४ फागुन
स्वर्गीय पिता टेक बहादुर पाण्डेको सम्झनामा तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डेको परिवारले दृष्टिविहिनलाई फलफूल वितरण गरेको छ । निधन भएको १० औं दिनमा तुलसीपुर उपमहानगरपालिका ४ स्थित गुरु जजुर माध्यामिक विद्यालयमा अध्यनरत दृष्टिविहिन छात्रछात्रालाई वितरण गरिएको थियो । चार कार्टुन अनार, स्याउ, केरा र सुन्तला नाति शिशिर पाण्डेले वितरण गरेका थिए । सो अवसरमा विद्यालयका प्राधानाध्यापक विष्णु प्रसाद अचार्यले दृष्टिविहिन बालबालिकालाई सम्झेर फलफूल वितरणमा गरेको प्रशंसा व्यक्त गर्दै धन्यवाद दिनुभयो ।  फलफूल वितरण कार्यक्रममा नेकपा एमालेका नेता टोपेन्द्र केसी, न्युसिपीसीका कार्यक्रम संयोजक भिम खत्री, शिक्षक प्रमोद न्यौपाने, पत्रकार नारायण भण्डारी लगाएतले आ–आफना धारना व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिका प्रेस संयोजक वसन्त विवस आचार्यले गरेका थिए ।

प्रकाशित मिति : २०७४ फाल्गुन ४ गते शुक्रवार
प्रतिक्रिया