शेर्पा समुदायले आज ग्याल्बो ल्होसार मनाउँदै

काठमाण्डौं,४ फागुण ।
नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले ग्याल्बो ल्होसार (नयाँ वर्ष) आज विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ ।

आफूहरुको संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुने जानकारी दिदै शेर्पा संस्कृतिविद् टीका शेर्पाले बालक जुन वर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मिक क्रियाकलाप सञ्चालन गरिने बताउनुभयो ।

आजैदेखि १५ दिनसम्म बुद्धले ऋद्धि शक्तिमाथि विजयी प्राप्त गरेको सम्झनामा विशेष कार्यक्रम गरी मनाइन्छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन ४ गते शुक्रवार
प्रतिक्रिया