८८ प्रतिशत जनता खानेपानीको पहुँचमा छन् : आयोजना प्रमुख सिमखडा

तुलसीपुर, ४ फागुन
खानेपानी विभागका आयोजना प्रमुख अरुणकुमार सिमखडाले ८८ प्रतिशत जनता खानेपानीको पहुँचमा भएको बताएका छन् । धनौरी खानेपानी आयोजनाको दोस्रो साधारण सभा तथा खानेपानी आयोजनाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले संचालनमा रहेका योजना समस्या ग्रस्त हुँदा आशा गरेअनुसार फड्को मार्न नसकेको बताए ।

देशभर ४२ हजाार आयोजना संचालमा रहेका पनि ७० प्रतिशत आयोजना विभिन्न कारणले संचालनमा आउन नसकेको बताए ।

सरसफाई खानेपानी एकअर्काको परिपूरक भएको भन्दै प्रमुख अथिति सिमखडाले ९६ प्रतिशत नेपालीले चर्पी प्रयोग गर्ने गरेको बताएका छन् । ४७ वटा जिल्ला खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भएको बताउदै उनले यस आर्थिक बर्ष भित्र सबै जिल्लालाई घोषणा गरिने बताए ।
उद्घाटन कार्यक्रमलाई खानेपानी डिभिजन दाङका प्रमुख चोप प्रसाद धिताल, स्वीच रेडक्रसका संयोजक तिलक मल्ल, रेडक्रस दाङका सभापति नारायण आचार्य, शान्तिनगर गाउँपालिका अध्यक्ष कमान सिंङ डागी, डिभजनका इन्जिनियर तिलक न्यौपाने, तुलसीपुर खानेपानीका अध्यक्ष खेमराज वली, जिल्ला समन्वय समिति दाङका सदस्य जग्तबहादुर बस्नेत, श्रीगाउँ खानेपानी का धर्मना योगी, लगाएतले बोलेका थिए ।  आयोजनाका अध्यक्ष गिरीराज बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव टेकबहादुर पाण्डेले गरेका थिए भने स्वागत मन्तव्य आयोजनाका सल्लाहाकार रत्नबहादुर भण्डारीले गरेका थिए ।

प्रकाशित मिति : २०७४ फाल्गुन ३ गते बिहिवार
प्रतिक्रिया