तुलसीपुर, २ फागुन
दाङको तेरौटेमा रहेका वृद्धहरुलाई फलफल वितरण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डेका छोरा अनुप पाण्डेले तेरौटेमामा रहेका वृद्धहरुलाई फलफल वितरण गरेका हुन् । स्वर्गीय हजुरबुबा टेक बहादुर पाण्डेको सम्झनामा तेरौटेको वृद्धाश्रममा रहेका १९ जना वृद्ध–वृद्धाहरुलाई स्याउ, केरा, सुन्तला लगेर वितरण गरेका हुन् । वृद्धाश्रममा एक कार्यक्रमको आयोजना गरि अनुपले ८१ वर्षका दुर्गा प्रसाद पाण्डेलाई ४ कार्टुन फलफूल हस्तारण गरेका थिए ।
वृद्धाश्रममा रहेका जेष्ठ नागरिकलाई देख्दा आपूmलाई बाल्यकालमा हुर्काउने हजुरवुवाको झल्को आएको भन्दै उनले वृद्धको सम्मान गर्ने परिपाटीको विकास गर्नु पर्ने बताए ।
‘हामी पनि उमेर ढल्किदै जाँदा भोलीका दिनमा यस्तै हुने हो,’ अनुपले भने, ‘सबैले आ—आफना घरमा रहेका अभिभावकलाई मनै देखि सम्मान गर्ने संस्कारको विकास गर्नेहो भने अलपत्र र अपठेरोमा पर्नेको संख्यामा कमी आउँछ ।’ बाजेको सम्झनामा नातिले गरे वृद्धलाई फलफूल वितरण पश्चात वृद्धाश्रमका व्यवस्थापक हिरा शाहले धन्यवाद दिदै सहयोगी मनहरु जति बढ्दै जान्छन त्यतिनै मान्छेका दुःखका दिनहरु पनि घट्दै जाने बताइन् । वृद्धाश्रममा १० वृद्ध र ९ वृद्धा बस्दै आएका छन् । गत माघ २४ गते टेक बहादुर पाण्डेको ७७ बर्षको उमेर मोटर साईकल दुर्घटनामा परि निधन भएको थियो । फलपूmल वितरणमा रेडियो प्रकृति एफ. एमका स्टेशन म्यानेजर ओपेन्द्र बस्नेत, तुलसीपुर उपमहानगरपालिका मेयरको सचिवालय सदस्य धर्म वली, प्रेम शाह, लगाएतको सहभागिता रहेको थियो ।