कांग्रेसले दाङबाट नेपाली र चौधरीलाई समानुपातिक सांसद बनायो

काठमाडौं ,फाल्गुण १ । संघीय संसदको दोस्रो ठूलो दल बन्न लागेको नेपाली कांग्रेसले समानुपातिकतर्फ पाएका ४० सिटमध्ये आधाभन्दा बढी अर्थात २२ जना यसअघि पटकपटक सांसद र समानुपातिकबाट सभासद भइसकेकाहरुलाई दोहोर्‍याएको छ । पार्टी केन्द्रीय कार्यसमितिले तय गरेको मापदण्ड विपरीत अधिकांश पुरानै अनुहार दोहोर्‍याएको भन्दै असन्तुष्टिसमेत पोखिन थालेको छ ।

कांग्रेसले पटक पटक सांसद र मन्त्री भइसकेका र आरक्षणका नाममा पटक पटक अवसर पाइरहेका अनुहारलाई समानुपातिक सांसद बनाएको छ । मधेशी कोटामा अर्बपति बिनोद चौधरी सांसद बन्दा थारु कोटाबाट २०४८ सालदेखि लगातार चुनाव लड्दै र जित्दै हार्दै आएका पद्मनारायण चौधरीलाई मौका दिएको छ ।

यता दाङ बाट दुई महिला पनि सांसद बनेका छन । जनजाती बाट पार्वति डिसी चौधरी र दलित बाट विमला नेपालीलाई कांग्रेसले संसाद बनाएको छ । चौधरी र नेपाली दोस्रो पटक सांसद बन्दै छन ।

कांग्रेसले टुंग्याएका प्रतिनिधि सभाका समानुपातिक सांसदको सूची 
१.बहादुर सिंह लामा (आदिवासी जनजाति)
२.कर्मा घले (आदिवासी जनजाति)
३.उमेश श्रेष्ठ (आदिवासी जनजाति)
४.लालकाजी गुरूङ (आदिवासी जनजाति)
५. जीप छिरिङ लामा (आदिवासी जनजाति)
६.दिव्यमणी राजभण्डारी (आदिवासी जनजाति)
७.ज्ञानकुमारी छन्त्याल (आदिवासी जनजाति महिला)
८.प्रमिला राई (आदिवासी जनजाति महिला)
९.महेन्द्र कुमारी लिम्बु (आदिवासी जनजाति महिला)
१०. हिरा गुरूङ (आदिवासी जनजाति महिला)
११.मिना सुब्बा (आदिवासी जनजाति महिला)
१२.बालकृष्ण खाँण (खसआर्य)
१३.दिलेन्द्र प्रसाद वडू (खसआर्य)
१४.किशोर सिंह राठैर (खसआर्य)
१५.सत्यनारायण खनाल (खसआर्य)
१६. सूर्यबहादुर केसी (खसआर्य)
१७. मोहन प्रसाद पाण्डे (खसआर्य)
१८. सुजाता कोइराला (खसआर्य महिला)
१९. पुष्पा भुषाल गौतम (खसआर्य महिला)
२०. डिला संग्रौला (खसआर्य महिला)
२१. मीना पाण्डे (खसआर्य महिला)
२२. उमा रेग्मी (खसआर्य महिला)
२३.दीपशीखा शर्मा (खसआर्य महिला)
२४.पद्म नारायण चौधरी (थारु)
२५.पार्वता डि.सि. चौधरी (थारु महिला)
२६.नमिता कुमारी चौधरी (थारु महिला)
२७. मानबहादुर विश्वकर्मा (दलित)
२८. मिनबहादुर विश्वकर्मा (दलित)
२९. प्रकाश रसाइली स्नेही (दलित)
३०. सुजाता परियार (दलित महिला)
३१. लक्ष्मी परियार सेवा (दलित महिला)
३२. विमला नेपाली (दलित महिला)
३३. विनोद कुमार चौधरी (मधेसी थारु)
३४. स्मृति नारायण चौधरी (मधेसी थारु)
३५. नागेन्द्र कुमार राय (मधेसी)
३६. सीतादेवी यादव (मधेसी महिला)
३७. चित्रलेखा यादव (मधेसी महिला)
३८. मिनाक्षी झा (मधेसी महिला)
३९.अतहर कमाल मुसलमान (मुस्लिम)
४०. सर्वत आरा खानम (मुस्लिम महिला)

प्रकाशित मिति : २०७४ फाल्गुन १ गते मङ्गलवार
प्रतिक्रिया