ट्रेड युनियन तथा कर्मचारी प्रतिनिधिको निर्वाचन सम्पन्न

तुलसीपुर २९ फागुन
आधिकारीक ट्रेड युनियन र कर्मचारी प्रतिनिधि सञ्चालकको छनौटका लागि दाङको तुलसीपुर लगाएत देशका विभिन्न स्थानमा निर्वाचन सम्पन्न भएको छ ।  नेपाल दूरसञ्चार कम्पनी लिमिटेड अन्तर्गत सोमबार तुलसीपरमा भएको निर्वाचनमा ५२ जनाले मतदान गरेका छन् । मतदान विहान नौ बजे देखि अपरान्ह चार बजे सम्म भएको निर्वाचन अधिकृत तथा नेपाल टेलीकम तुलसीपुरका प्रमुख बलराम जोशीले जानकारी दिएका छन् ।
निर्वाचनमा मतदान गर्नका लागि तुलसीपुर सहित, घोराही, लमही, लालमटिया, सल्यान र रुकुमबाट समेत टेलिकमका कर्मचारीहरु तुलसीपुरमा आएका थिए । चुनावी मैदानमा बाम गठबन्धन निकट नेपाल दूरसञ्चार कर्मचारी संघबाट राजबहादुर रावल र काँग्रेस निकट नेपाल टेलिकम कर्मचारी युनियनबाट कुमारजंग कार्की र नेपाल टेलिकम वर्कर्स युनियनबाट राजकुमार मेहता उत्रीएका छन् ।


५२ मतदाता संख्या रहेकोमा ५२ वटै मत खसेको नेपाल टेलिकम तुलसीपुरका रोशन खड्काले जानकारी दिएका छन् । पश्चिम क्षेत्रमा निर्वाचनका लागि तुलसीपुर, प्युठान, नेपालगञ्ज र सुर्खेतमा केन्द्र तोकिएको थियो । चार वटा मतदान केन्द्रमा गरि २ सय ५१ जना मतदाता संख्या रहेकोमा नेपालगञ्जको मतदान केन्द्रमा दुई जना अनुपस्थित भएपछि २ सय ४९ मत खसेको छ । तुलसीपुर, प्युठान र सुर्खेतबाट मतेपटिका नेपालगञ्ज पुगेपछि मतगणना सोमबार देखिनै सुरु गरिने निर्वाचन अधिकृत जोशीले बताए ।

प्रकाशित मिति : २०७४ माघ २९ गते सोमवार
प्रतिक्रिया