ओली र दाहाल बिच आज छलफल

काठमाण्डौं,२९ माघ ।
पार्टी एकता र सरकार गठनका विषयमा छलफल गर्न आज पनि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केद्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुने भएको छ । नयाँ सरकार गठनको तयारी तिव्र भईरहेको बेला दुई पार्टीबीच हुन लागेको एकिकरणको विषयमा पार्टी अध्यक्षबीच एक्ला एक्लै छलफल हुन लागेको हो ।

हिजो बसेको एमाले स्थायी समितिको बैठकमा माओवादीसँग हुने भनिएको सरकार गठनका विषयमा छलफल भएको थियो । ‘फागुनको दोस्रो साता सरकारको नेतृत्व लिने तयारी गरीरहेको एमाले त्यसअघि एकताको खाका तयार पार्ने योजनामा रहेको छ ।’ एमाले सचिव प्रदिप ज्ञवालीलले भन्नुभयो, ‘आज माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग थप कुराकानी हुन्छ ।’

प्रकाशित मिति : २०७४ माघ २९ गते सोमवार
प्रतिक्रिया