विपत्तीको समयमा सवैको सहारा: रेडक्रस

देविराम कुसारि , शितलपुर, माघ २७ ।
नेपाल रेडक्रस सोसाईटि उरहरि उपशाखाको ११ औं साधारण सभा आज शितलपुरमा सम्पन्न भएको छ । उपशाखाका सभापति हरिहर पौडेलको अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिकाका उपमेयर माया आचार्यको प्रमुख आतिथ्यमा भएको सभाका सहभागिले रेडक्रस मात्रै एउटा सवैको साझा संस्था भएको वताएका थिए ।

सभालाई सम्वोधन गर्दै प्रमुख अथिति माया आचार्यले रेडक्रसले कुनै वर्ग, जातजाति, पार्टि नभनि विपत्तीको समयमा सवैको सहारा दिनेगरेको प्रति रेडक्रसलाई धन्यवाद दिईन । शाखाका उपसभापति लेखराज वस्नेतको स्वागत मन्तव्यवाट सुरुभएको सभामा सचिव दोर्णबहादुर वस्नेतले प्रगति प्रतिवेदन र कोषाध्यक्ष राध्यश्याम उपाध्यायले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सभामा साविक उरहरि गाविसका पुर्व गाविस अध्यक्ष टेकबहादुर केसि, समाजसेवि हरिदत्त कार्कि, वालमितेरि मावि भोजपुरका पुर्व प्रधानाध्यापक रुद्रमणि शर्मा, पत्रकार देविराम कुसारि, अर्जुन केसि, भिमप्रशाद भण्डारि, लिलाधर वस्नेत, नेत्रमणि शर्मा लगाएतले वोल्नुभएको थियो ।।

 

प्रकाशित मिति : २०७४ माघ २७ गते शनिवार
प्रतिक्रिया