प्रदेश नम्वर ५ मा लागु औषध ओसारपसार गर्नेहरु बढे

लक्ष्मण विश्वकर्मा,तुलसीपुर, २७ माघ ।

प्रदेश नम्वर ५ मा पछिल्लो समयमा लागु औषध ओसारपसार गर्ने क्रम बढ्दै गएको छ  । आर्थिक वर्ष ०७१/०७२ देखी चालु आर्थिक वर्ष ०७४/०७५ को पुस मसान्त सम्मको तथ्याङकलाई हेर्दा लागु औषध सम्वन्धिको झन्डै दुई हजार मुद्धा दर्ता भएको प्रहरीले जनाएको छ ।

५ नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले दिएको जानकारी अनुसार वितेको तिन आर्थिक वर्षमा  एक हजार छ सय पचास र चालु आर्थिक वर्ष ०७४/०७५ को पुस मसान्त सम्म दुई सय त्रिरासी गरी जम्मा एक हजार नौ सय त्यात्तिस वटा मुद्धा कार्यालयमा दर्ता भएका छन् ।कार्यालयको तथ्याङक अनुसार प्रत्येक आर्थिक वर्षमा लागु औषध सम्वन्धिका मुद्धा बढ्दै गएका छन् ।

जस अनुसार आर्थिक वर्ष ०७१/०७२ मा चार सय चौध, ०७२/०७३ मा पाँच सय अरतिस , ०७३/०७४ मा छ सय अन्ठान्नब्वे र चालु आर्थिक वर्ष ०७४/०७५ को पुस मसान्त सम्म दुई सय त्रिरासी वटा मुद्धा दर्ता भएको ५ नम्वर प्रहरी प्रमुख ए.आइ.जी मधुप्रसाद पुडासैनीले जानकारी दिएका छन् ।।

प्रकाशित मिति : २०७४ माघ २७ गते शनिवार
प्रतिक्रिया