शेरधनसँग भीम आचार्य पराजित, शेरधनलाई मुख्यमन्त्री बन्न बाटो खुल्यो

काठमाडौं । एमाले प्रदेश १ को संसदीय दलको नेतामा शेरधन राई विजयी भएका छन् । विजयसँगै उनलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।
एमालेबाट संसदीय दलको नेतामा राई र भीम आचार्य उठेका थिए । राई २६ मत ल्याएर विजयी बन्दा आचार्यले २४ मत पाए । एक मत भने बदर भएको थियो ।

आचार्य एमालेका सचिव तथा प्रदेश १ का संयोजक समेत हुन् । अर्का नेता जीवन घिमिरेले उम्मेदवारी फिर्ता लिएपछि दुई जनाबीच प्रतिस्पर्धा भएको थियो ।

प्रकाशित मिति : २०७४ माघ २६ गते शुक्रवार
प्रतिक्रिया