हत्या गरेको १७ बर्ष पछि पक्राउ

तुलसीपुर, २६ माघ
ज्यान मुद्दामा फरार ३ जना १७ बर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा दंगीशरण गाउँपलिका ४ निबासी ७२ बर्षका अमृतलाल कुवर, ४२ बर्षका नेप बहादुर घर्ती र ४५ बर्षका राजेन्द्र घर्तीरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । १९ माघ २०५७ मा सोही ठाउँ निवासी हुर्मत खत्रीलाई हत्या गरि फरार रहेका उनिहरुलाई घरमै लुकिछिपी बसीरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक प्रकास सापकोटाले जनाएका छन् । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०७४ माघ २६ गते शुक्रवार
प्रतिक्रिया