मेयर पाण्डेलाई पृतिशोक

तुलसीपुर, २४ माघ
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई पृतिशोक परेको छ । प्रमुख पाण्डेका पिता टेकबहादर पाण्डेको आज तुलसीपुरमा भएको सवारी दुर्घटनामा परी निधन भएको हो । तुलसीपुृरको रजौरामा रा ३ प ८७२४ नम्वको मोटरसाइकलले आज दिउँसो ठक्कर दिंदा उनि गम्भीर घाइते भएका थिए । घाइते पाण्डलेलाई राप्ती अञ्चल अस्पतालमा सामान्य उपचारपछी थप उपचारका लागि कोहोलपुर लैजाने क्रममा निधन भएको इप्रका तुलसीपुरले जनाएको छ । स्वर्गीय पाण्डेका एक छोरा र एक छोरी छन् ।घाइते पाण्डेलाई राप्ती अंचल अस्पताल तुलसीपुरले सामान्य घाइते भनेको थियो ।

प्रकाशित मिति : २०७४ माघ २४ गते बुधवार
प्रतिक्रिया