तुलसीपुर, २४ माघ ।
कलेज अफ लाइभ साइन्सेज तुलसीपुरमा तोडफोड गरेको आरोपमा सर्जन परियार नेतृत्वको समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्जन परियार, गणेस खड्का, दिवस क्षेत्री र विराज डिसी छन् । उनिहरुलाई बिजौरी र घोराहीबाट बुधबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रकास सापकोटाले जनाएका छन् । पक्राउ परेका सवैलाई थप अनुसन्धानका लागि म्याद थप गरेको छ । इलाका प्रहरीका अनुसार सर्जन परियारको समूहले चन्दा र संगठन विस्तारको माग गर्दै कलेजमा लगाएको ताला, बिरबल समूहले गएर फोडिदिएपछि परियार समूहले क्याम्पसमा तोडफो गरेको थियो । प्रहरीले सार्वजनिक मुद्दा चलाएको छ ।
प्रकाशित मिति : २०७४ माघ २४ गते बुधवार