सडकमा ढलेका व्यसाहाराको को होला साहारा ?

तुलसीपुर २४ माघ
घर कहाँ हो ? कुन थरका हुन ? कताबाट आएका हुन ? नाम के हो ? त्यो त केहि पनि थाहा छैन । तर यी वृद्धले प्राय जसो यहि स्थानमा आएर चौरङ्ग पल्टिने गर्छन । विहानीको न्यानो घाम लागेको समयमा यसैगरी यही ठाउँमा आएर पल्टीन्छन । ज्वारो आयो कि, पेट दुःख्यो कि, अथवा खान नपाएर पो होकि यी सबै कुरा कसले सोधीदिने । दाह्रीजुङ्गा फुलेका, करिब ५८/५९ बर्षका जति देखिने यी व्यक्तिका हल्का हातखुट्टा पनि सुनिएका छन् । हिन्दा धङधङाउने ती वृद्धको सहारा दुई वटा लठ्ठि मात्र छ । उनलाई बोलाउन धेरै प्रयास गरेपनि जिब्रो फट्कारेर बोल्न नसकेका कारण नाम थर र ठेगान खुल्न सकेन । खान नपाएर पनि होला निक्कै कम्जोर देखिने ती वृद्धको राम्रो गरि बोल्न सक्दैनन् ।

लगाउन त शरिरमा न्यानो कपडा लगाएका छन् तर फेर्ने अर्को कपडा नभएर होला सायद उनले लगाएको कपडा मयलले काँटी परेका छन् भने शरिर पनि त्यस्तै छ । सडकमा ओहोर दोहर गर्ने सयौं सर्वसाधारणलाई लाग्दो हो रक्सी खाएर पल्टिएको होला जड्याँ ।
कसैले गालि पनि त गर्दाहुन । उनि विस्तारै बोल्छन् तर आवाज बुझिदैन । उनको एउटै बानी रहेछ चुरोट खाने । सल्यान रोड नजिकै रहेको रेडियो प्रकृति एफ. एमको नजिकै रहेको खाली चौरमा पल्टिन्छन उनि आफनो स्वर्ग जस्तै घर सम्झेर ।

हुन पनि हो । आफनो बस्ने ठाउँ नभएपछि त्यो पनि बजारमा, कमै मात्रमा पाइने खाली जग्गा उनको लागि त स्वर्ग नै हो ।
त्यहाँबा बल्ल तल्ल उठेभने नजिकै रहेको घुम्ति पसलमा पुग्छन र इशारा गर्दै भन्छन चुरोट खाने । साउनीले दिन्छीन चुरोट, तर अवस्था देखेर पैसा माग्दीनन् । यस ठाउँमा एक /दुई दिन विराउदै आउदै गर्छन । उनि सुतेको ठाउँ र तुलसीपुर सल्यान सडकको दुरी २ मिटर जति होला तर गाडि र मान्छेको कोलहालले उनको निद्रालाई कुनै असर गर्न सक्दैन ।
जानकारहरु के भन्छन ?
अशक्त र वृद्ध अवस्थामा घरबाट अपेहेलित र तीरस्कृत भएर निकालिने भएकाले व्यसाहारको साहारा सडक र बजार हुने गरेको जानकारहरु बताउनछन् । उनिहरुका अनुसार प्रत्यक समाजमा कुनैनकुनै व्यक्ति आफनै परिवारबाट अपहेलित भएको र पिडा सहन नसक्नेहरु घरबाट निस्कने गरेका छन् । यसको यकिन तथ्याङ कसैसंग नभए पनि बढ्दै गएको महसुस जानकारहरुले गरेका छन् ।
संवेदनशील छौ :  तुलसीपुर उपमहानगरपालिका
यता तुलसीपुर उपमहानगरपालिकाले असाह्य र अशक्तहरुप्रति तुलसीपुर उपमहानगरपालिका संवेदनशिल र गम्भिर रहेको बताएको छ । उनिहरु कुनै परिवारमा जोडिए पनि मानवीय नाताले हाम्रो परिवारको एक सदस्य हो भन्दा अनुपयुक्त नहुने भन्दै तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डेले उपयुक्त व्यवस्थानको लागि तयारी थालेको बताउनुभयो ।
‘एउटा मान्छे, पिडामा पर्दा अर्को मान्छेको मन दुःख्दैन भने त्यो चेतनशिल प्राणी हुन सक्दैन’, मेयर पाण्डेले भने’ मानसीक, वा अन्य कुनै कारणले समस्यामा परेकाहरुको उचित वसोवास र व्यवस्थानका लागि छलफल गरेर कार्यविधि तयार पाछौं । ’

प्रकाशित मिति : २०७४ माघ २४ गते बुधवार
प्रतिक्रिया