क्याम्पसमा तोडफोड गर्ने परियार समूहको खोजी तिब्र

तुलसीपुर, २३ माघ ।
एक निजि विद्यालयमा तोडफोड गर्ने समूहको खोजी कार्य तिब्र पारेको प्रहरीले जनाएको छ । संगठनको नाममा आतंकित गर्ने काम गरेको भन्दै कलेज अफ लाइभ साइन्सेज तुलसीपुरमा तोडफोड गरेको भन्दै सर्जन परियार नेतृत्वको समूहलाई खोजी कार्य तिब्र बनाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
सर्जन परियारको समूहले चन्दा माग गर्दै कलेजमा लगाएको ताला, बिरबल समूहले गएर फोडिदिएपछि परियार समूहले क्याम्पसमा तोडफो गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रकास सापकोटाले बताएका छन् । सापकोटाका अनुसार ५÷६ वटा मोटरसाईकलमा आएको सर्जन परियारको ग्याङले अन्धाधुन्ध तोडफोड गरेको थियो । ‘यीनीहरुले समाजमा अराजक गतिविधि गर्न थाले, डिएसपी सापकोटाले टेलिफोनमा भने, ‘ यीनीहरुलाई खोजीरहेको छु ।’ परियार समूहले अनेरा स्ववियुको नाममा चन्दा माग गर्दै विद्यालयमा ताला लगाए पछि आधकारिक आफुहरु भएको भन्दै बिरबलको समूह गएर तोला फोडिदिएको थियो ।

प्रकाशित मिति : २०७४ माघ २३ गते मङ्गलवार
प्रतिक्रिया