ब्राउन सुगर सहित २ जना पक्राउ

तुलसीपुर,२२ माघ ।
दाङ प्रहरीले लागु औषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । घोराहीको नयाँ बसपार्कबाट २५ बर्षिय दुर्गाराम खत्री र अर्की १५ बर्षिया किशोरीलाई २ ग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको दाङ प्रहरी प्रमुख एसपी दुर्गा शिंहले जानकारी दिएकी छीन् ।

उनिहरु ब्राउन सुगर कारोवार गर्ने समुह भएको प्रहरीले जनाएको छ । प्रहरीले उनिहरुको साथबाट ब्राउन सुगर बेचेको ५१ हजार ३ सय ४० रुपैंया समेत बरामद गरेको छ ।

प्रकाशित मिति : २०७४ माघ २२ गते सोमवार
प्रतिक्रिया