प्रदेश १ र ४ को प्रदेशसभाको पहिलो बैठक आज

काठमाण्डौं,२२ माघ ।
प्रदेश नम्बर १ र ४ को पहिलो प्रदेशसभा बैठक आज बस्दैछ  । प्रदेश नम्बर १ को बिराटनगर र ४ को पोखरामा बैठक बस्नेछ । पहिलो बैठकमा ज्येष्ठ सदस्यले प्रदेश प्रमुखबाट अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने, सभामा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिको शुभकामना मन्तव्य, ज्येष्ठ सदस्यले प्रदेशसभा अन्तरिम कार्यविधी २०७४ पारित गरियोस् भन्ने प्रस्ताव गर्ने र सभामुखको निर्वाचन मिति तोक्ने कार्यसूची छ ।

प्रदेश नम्बर १ का सबै जिल्लाका प्रदेश सांसदहरु बिराटनगर पुगिसकेका छन् । प्रदेशसमाको पहिलो बैठकका लागि बिराटनगरमा तयारी सकिएको छ । यस्तै प्रदेश नम्बर ४ को पहिलो बैठकका लागि ४ नम्बर प्रदेशका सबै जिल्लाका सांसद पोखरा पुगिसकेका छन् । यसअघि हिजो ४ प्रदेशको प्रदेशसभा बैठक बसेको थियो । प्रदेश नम्बर २, ५, ६ र ७ को प्रदेशसभा बैठकमा सांसदहरुले समृद्धिमा जोड दिएका छन् ।

प्रकाशित मिति : २०७४ माघ २२ गते सोमवार
प्रतिक्रिया