पार्टी एकिकरणका लागि केही जटिलता: महरा

तुलसीपुर,२१ माघ ।

नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले एमालेसँग पार्टी एकिकरणका लागि केही जटिलता थपिएको बताएका छन् । आज दाङको टरीगाउँ बिमानस्थलमा रिर्पोटस क्लवले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता महराले पार्टी एकिकरणको विकल्प नभएपनि केही जटिलताका कारण तत्काल पार्टी एकता हुन नसक्ने बताए । पार्टी एकता हुन केही समय लाग्ने उनको भनाई छ ।

अर्को एक प्रसंगमा नेता महराले काम चलाउ भइसकेको देउवा सरकारले राष्ट्रिय महत्वका बिषयमा महत्वपूर्ण निर्णय गरेर देशमा अराजकता फैलाएको आरोप समेत लगाए । अहिलेको सरकारले गरेका निर्णय बाम गठबन्धनको सरकारले खारेज गर्ने नेता महराको भनाई छ ।

देशको सम्वृद्धीका लागि बाम गठबन्धनले पाँच बर्षसम्म बिना विवाद सरकार चलाउने पनि नेता महराले बताएका छन् । क्लवका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण बालाराम खड्काले गरेका थिए ।

 

प्रकाशित मिति : २०७४ माघ २१ गते आइतवार
प्रतिक्रिया