सहकारीको बार्षिकोत्सवमा रक्तदान

तुलसीपुर, २० माघ
साहारा वचत तथा ऋण सहकारी संस्था तुलसीपुरले संस्थाले आफनो दशौ बार्षिकोत्सवका अवसरमा शनिबार तुलसीपुरमा रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रममा निर्मल नेपाली सन्दिप भुसाल, केशव सापकोटा, भिमलाल मरासिनी, सालिकराम वली, निर्मल नेपाली सुमन गौतम, हरीपसाद उपाध्याय, तिलकराम बस्नेत, रमेश कुमार घर्ती, प्रशान्त बस्नेत, पदमबहादुर सिंह, भरत डाँगी, तेजप्रसाद पोख्रेल, अमृत रिजाल, सुशिला धिताल लगाएत २६ जनाले रक्तदान गरेका थिए । सो अवसरमा कार्यक्रमका प्रमुख अथिति तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डेले रगत अभावमा छट्पटिएकाहरुलाई दान गरिएको रगतले जिवन वचाउने भएकाले यसको जति प्रशंसा गरे पनि कम हुने बताउनुभयो । कार्यक्रममा मेयर पाण्डेले रक्तदान गर्नेलाई जुस र प्रमाणपत्र समेत वितरण गर्नु भएको थियो । वासुदेव आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर माया आचार्य, कार्यक्रम संयोजक भिमलाल मरासिनी, सचिव केशव सापकोटा लागएतले बोल्नु भएको थियो ।

 

प्रकाशित मिति : २०७४ माघ २० गते शनिवार
प्रतिक्रिया