घोराहीमा बालसंरक्षण निति बन्दै, समस्याहरु पहिचान

घोराही, १९ माघ

स्थानिय सरकारकारुपमा गठन भएको घोराही उपमहानगरपालिकाले बाल संरक्षण सम्बन्धि निती तर्जुमा गर्न थालेको छ । बाल संरक्षण र अधिकारको क्षेत्रमा काम गर्दै आएका प्रशिक्षकहरुलाई बोलाई उपमहानगरले बाल संरक्षण सम्बन्धि निती बनाउन लागेको हो । उपमहानगर भित्रका बालबालिकाहरुको अबस्था, समस्यालाई खोजी गर्दै निति बनाउने योजना रहेको उपमहानगरले जनाएको छ । २ दिने निति तर्जुमा गोष्ठिको आयोजना गरि बालबालिकाका समस्याहरुको पहिचान र समाधानका लागि निति बनाउने योजना गरेको छ । शुक्रबार देखी सुरुभएको निति तर्जुमा गोष्ठि शनिबार सम्म चल्ने भएको छ ।

नगरका कार्यबहाक प्रमुख सीता न्यौपानेको अध्यक्षतामा गोष्ठिको उद्घाटन गरिएको छ । गोष्ठिका उपप्रमुख सहित सबै वडाका वडा अध्यक्षहरुको सहभागिता रहेको छ । दुई दिने गोष्ठिमा नगर क्षेत्रका बालबालिकाहरुको समस्या, अबस्थाको पहिचान गर्ने र बालमैत्री नगर बनाउन आबस्यक रणनितीहरु तयार पारेर कानुन बनाईने छ । वडा अध्यक्षहरुले आफ्नो वडा क्षेत्रमा बालबालिकाका समस्या र अबस्थाहरुका बारेमा जानकारी गराएका छन् । वडा अध्यक्षहरुले बाल संरक्षण र अधिकारको क्षेत्र कमजोर हुनु अभिभाबकहरुको कमजोरी रहेको बताएका छन् ।

त्यस्तै बालश्रममा लगाईनु, बालबालिकाको मनोबिज्ञान नबुझ्नु, बालबिबाह बढ्नु, कुलतमा लाग्नु, गरिविको मारमा पर्नु, बिद्यालयहरु बालमैत्री नहुनु, पारिवारीक बेमेलका कारण बालबालिका सडक र श्रममा आउनु, शिक्षामा पहुँच नहुनु, जन्मदर्ता समयमै नगराउनु, धेरै बच्चा जन्माउनु जस्ता समस्याहरु उल्लेख भएका छन् । उक्त समस्याहरुलाई समाधान गरि बाल संरक्षण र अधिकारको कार्यान्वय गराउने गरि नितिको खाकामा प्रस्तुत गर्ने र कार्यपालिकामा पेश गर्ने योजना रहेको छ । गोष्ठिको प्रशिक्षकहरुका विकिरण गौतम र दुर्गालाल केसी रहनुभएको छ । उद्घाटन कार्यक्रम निमित्त प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण खनालको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण सूचना अधिकारी प्रेम केसीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७४ माघ १९ गते शुक्रवार
प्रतिक्रिया