पाँच बर्षमा प्रत्यक घरमा धारा पु¥याउने नगर प्रमुख पाण्डेको योजना

तुलसीपुर, १९ माघ ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनस्याम पाण्डेले उपमहानगरपालिका भित्र अवको ५ बर्ष भित्र एक घर एक धारा जडान गर्ने बताउनुभएको छ । अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको १२ औं बार्षिक साधारण सभा एव नवनिर्मित कार्यालय वनको उद्घाटन गर्दै पाण्डेले त्यसका लागि उपभोक्ता समिति सकृय रुपमा लाग्नु पर्ने बताउनुभयो ।  ‘सरकारले एक घर एक धारा अभियानको निति ल्याएको छ,– नगर प्रमुख पाण्डेले भन्नुभयो’ –यसलाई सफल पार्न सवै लाग्नुपर्छ एकल प्रयासले यो सम्भव छैन ।’
उपमहानगरपालिका भित्र रहेका खानेपानीका मुहानहरु संरक्षणका लागि उपमहानगरपालिका सहयो गर्न त यार रहेको बताउदै पानीलाई बहुउपयोगी रुपमा प्रयोग गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा खानेपानी डिभिजन कार्यालय दाङका प्रमुख चोपप्रसाद धितालले दिन प्रतिदिन पानीका मुहानहरु सुक्दै गएको भन्दै त्यसको विकल्प सोचनु पर्ने बताउनु । सामाजिक कार्यमा राजनीतिक गन्ध आउन नहुने भन्दै उहाँले जसले काम गरे पनि त्यही ठाउँका लागि काम गर्ने भएकाले एकले अर्कालाई सहयोग गर्नु पर्ने बतउनुभयो । विकास निर्माणमा राजनीतिकरण हुँदा दाङमा विकास निर्माणले गतिलिन नसकेको भन्दै सहमति र सहकार्य मार्फत समाज रुपान्तरणमा लाग्नु पर्ने बताउनुभयो ।
कार्यक्रमा सरोकारवालाहरुले शुद्ध खानेपानी खानपाउनु सवैको अधिकार भएको भन्दै एक घर एक धारा जडान गर्ने लक्ष्यलाई सफल पार्न पानीका मुहानहरुको वैकल्पीक खोजीमा लाग्नुपर्ने बताएका थिए ।
समितिका अध्यक्ष तिलकबहादुर बस्नेतको अध्यक्षता भएको साधारण सभामा बार्षिक प्रतिवेदन सचिव लालबहादुर विक र आर्थिक प्रतिवेदन कोषाध्यक्ष टोपबहादुर रोकाले प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा संस्थाको नवनिर्मत भवनको पनि उद्घाटन गरीएको थियो । कार्यक्रममा तुलसीपुर खानेपानी उपभोक्ता सरसफाई संस्थाका अध्यक्ष खेमराज वली, नेपाली काँग्रेसका नन्दलाल गिरी, माओवादी केन्द्रका विरबहादुर वली, वडा नं ८ का वडा अध्यक्ष वेदबहादुर केसी, रेडियो प्रकृतिका स्टेशन म्यानेजर ओपेन्द्र बस्नेत, समितिका सदस्य जुद्धबहादुर खत्री, उपभोक्ता मेहन्द्र भण्डारी लगायतले आ–आफना धारणा राखेका थिए ।
सो अवसरमा खानेपानीको विकाशमा योग्दान पु¥याएको भन्दै रेडियो प्रकृतिका स्टेशन म्यानेजर ओपेन्द्र बस्नेतलाई सम्मान गरिएको थियो ।  त्यस्तै जग्गा दाता जोगी कामी, आइते कामी खानेपानी सुरक्षा योजनाका संयोजक जुद्ध बहादुर खत्री तथा मरनोप्राप्त स्वर्गीय नरेशबहादुर सेन र मनोहरी केसीलाई पनि सम्मान गरीएको थियो । अश्वारा खानेपानीमा ३ सय ११ निजी र ४२ सामुहिक धाराहरु रहेका छन् ।

 

 

प्रकाशित मिति : २०७४ माघ १९ गते शुक्रवार
प्रतिक्रिया