स्वराजले आज पनि उच्च तहको भेटवार्ता गर्दै

 

काठमाण्डौं,१९ माघ ।
नेपाल भ्रमणमा रहनुभएकी भारतीय विदेशमन्त्री शुष्मा स्वराजले आज पनि उच्चतहको भेटवार्ता गर्दै हुनुहुन्छ । विदेशमन्त्री स्वराजले आज राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतलाई भेट गर्ने कार्यक्रम रहेको छ । हिजो एमाले अध्यक्ष केपी शर्मा ओली, एमाले नेताहरु, राजपाका नेताहरुसँग भेटवार्ता भएको थियो ।

बिहान ९ बजे सोल्टी होटलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता हुनेछ । बिहान साढे ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता तय भएको छ । मध्यान्ह साँढे १२ बजे बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासहित कांंग्रेस नेताहरूसँग बैठक हुनेछ । स्वराज भ्रमणको प्रमुख उद्देश्य नेपालमा निर्वाचनपछि वाम गठबन्धनले ल्याएको बहुमतसँगै उससँग सम्बन्ध सुधार र सहकार्य गर्ने रहेको जानकार बताउँछन् ।

पछिल्लो जनमतका आधारमा आउँदो सरकारसँग सहकार्य गर्ने सन्देश बोकेर स्वराज नेपाल आउनु भएको हो । आजै स्वराज स्वदेश फर्किनुहुनेछ ।

प्रकाशित मिति : २०७४ माघ १९ गते शुक्रवार
प्रतिक्रिया