रूकुम पूर्वको सदरमुकाम नसार्न सर्वोच्चको आदेश

रुकुम,१७ माघ ।
रूकुम पूर्वको सदरमुकाम सार्ने सरकारको निर्णय सर्वोच्च अदालतले कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सरकारले पूर्वी रूकुमको सदरमुकाम रुकुमकोटबाट उत्तरपुथामा सार्ने निर्णय गरेको थियो । उक्त निर्णय विरुद्ध अधिवक्ता गणेश हमालले सर्वोच्च अदालतमा रिट दिनुभएको थियो ।

न्यायाधीश दीपककुमार कार्कीको इजलासले हमालको रिट जारी गर्दै पूर्वी रुकुमको सदरमुकाम सार्ने निर्णय कार्यान्वयन नगर्न भनेको सर्वोच्च अदालतले जनाएको छ । सदरमुकाम सार्ने सरकारको निर्णय पछि रुकुमकोटमा सर्वसाधारणले आन्दोलन गरिरहेका छन् ।

प्रकाशित मिति : २०७४ माघ १८ गते बिहिवार
प्रतिक्रिया