पत्रकार आचार्यमाथि दुव्र्यवहार भएको भन्दै महासघंको ध्यानाकर्षण

 १८ माघ ।
राप्ती अञ्चल अस्पताल तुलसीपुरमा समचार सकंलनका लागी पुगेका पत्रकार रेडियो प्रकृतीका सम्पादक तथा जनता टेलिभिजनका सम्वाददाता गणेश आचार्यलाई दुव्र्यवहार भएको भन्दै नेपाल पत्रकार महासघंले गम्भीर ध्यानकार्षण भएको जनाएको छ। । योग्यता नपुगेका स्वास्थ्यकर्मी बारे समाचार संकलनका लागि गएका पत्रकार आचार्यलाई
राप्ती अञ्चल अस्पतालका अधिकृत नीमबहादुर वलीले दुर्व्यवहार गरेका हुन् ।

समाचार लेखेर अपस्ताल बिगारेको आरोप लगाउँदै अधिकृत वलीले पत्रकारको क्यामेरा खोसेर कार्यकक्षबाट बाहिर निकालेका थिए । राप्ती अञ्चल अस्पतालको एक्सरे बिभागमा योग्यता नपुगेका स्वास्थ्यकर्मी कार्यरत रहेको सार्वजनिक भएको थियो ।

त्यस बारेमा सूचना माग्न जाँदा वलीले दुर्व्यवहार गरेका हुन् ।महासघं दाङ शाखा अध्यक्ष सबिन प्रियासन र सचिब भुपेन्द्र वलीले बिज्ञप्ती मार्फत आर्चाय प्रति भएको दुब्र्यवहारको बिरोध गरेका छन। र दोषीलाई कार्बहीको माग गरीएको छ।

प्रकाशित मिति : २०७४ माघ १८ गते बिहिवार
प्रतिक्रिया