ईन्जीनियरीङ पढाउन महायज्ञ लगाउदै जनकल्याण

दाङ, १७ माघ ।  तुलसीपुर उप महानगरपालीका १८ दुधरासमा रहेको जनकल्याण माध्यामिक विद्यालयले ईन्जीनियरीङ कक्षा सञ्चालनका लागि विहिवार देखी महायज्ञ लगाउदै छ । महायज्ञ सञ्चालन मुल समितिले बुधवार विद्यालय परीसरमा पत्रकार सम्मेलनको आयोजना गरी सम्पुर्ण तयारी पुरा भएको जनाएको हो ।   अहिलेको शिक्षाले देशमा शैक्षीक वेरोजगार बढिरहेको भन्दै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले महायज्ञ लगाउन लागेको विद्यालयले जनाएको छ । विहिवार देखी सुरुहुने महायज्ञको सम्पुर्ण तयारी पुरा भएको व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ सञ्चालन समितिका अध्यक्ष देवराज विश्वकर्माले जानकारी दिए । महायज्ञमा दाताहरुले गरेको नगद तथा जिन्सीदानवाट संकलीत रकमले ईन्जीनियरीङ कक्षा सञ्चालनका लागि आवश्यक पर्ने पुर्वाधार निर्माणमा खर्च गरीने अध्यक्ष विश्वकर्माले बताए । सात दिन सम्म सञ्चालनहुने महायज्ञवाट ५ करोड दानको रकम संकलनहुने विद्यालयले लक्ष्य लिएको छ । महायज्ञमा दान पेटिकामा दान गर्ने दाताहरु देखी अन्य तुलादान, नगददान, जग्गादान गर्ने सवैको नाम निर्माणहुने भवनमा शिलालेख वनाई टाँस गरीने अध्यक्ष विश्वकर्माले बताए । दाताहरुले दान गरेको रकम सहित नाम उल्लेख गरी महायज्ञस्थलमा पञ्चेवाजाका साथ मण्डपमा घुमाईने बताईएको छ । महायज्ञमा विवाह, ब्रतवन्ध, पास्नी, रुद्री, सत्यनारायणको पुजा समेत गरीने आयोजकले जानकारी दिए । महायज्ञको प्रमुख बाचकका रुपमा चर्चित कथाबाचक दिनवन्धु पोखरेलछन् भने सहायक बाचकको रुपमा धुर्वचन्द्र वस्याल रहेकाछन् । विहिवार विहान विदालय परिशरवाट कलश सहित शोभायात्रा निकालिने अध्यक्ष विश्वकर्माले जानकारी दिए ।

प्रकाशित मिति : २०७४ माघ १७ गते बुधवार
प्रतिक्रिया