तुलसीपुर,१७ माघ ।
तुलसीपुर उपमहानगरपालिकामा न्यायिक समितिले पूर्णता पाएको छ । उपमहानगरपालिकाको १८ औ कार्यपालिकाको वैठकले सो निर्णय गरेको हो । उपप्रमुख माया आचार्यको संयोजकत्वमा गठन भएको समितिका संयोजकमा कार्यपालिका सदस्यहरु जानका रेग्मी र यमुना परियार रहेका छन् ।
यसैगरी वैठकले कक्षा ८ को परीक्षा सञ्चालन सम्वन्धि ‘आधारभुत तह उत्तीर्ण परीक्षा कार्यविधि २०७४ ’ पनि पारित गरेको छ । कार्यविधिमा आधारभुतको अन्तिम परीक्षामा सामुदायिक विद्यालयका विद्यार्थीसँग कुनै पनि शुल्क नलिने व्यवस्था गरिएको छ । यसैगरी कार्यविधिमा परीक्षा फाराम, खाता सञ्चालन, प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन र नतिजा प्रकाशन सम्वन्धि व्यवस्था समेत गरिएको प्रवक्ता श्याम डाँगीले वताए ।
नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा वसेको वैठकले जिल्ला समन्वय समितिबाट स्विकृत भई आएका झोलुङ्गे पुल निर्माणका लागि उपमहानगरकातर्फबाट कुल लागतको ६ प्रतिशत व्यहोर्ने निर्णय समेत गरेको छ । उपमहानगरपालिकाका वडा नम्वर ३ वाख्रेखोला, वडा नम्वर ९ गहतेखोला, वडा नम्वर ४ डाङ्गडुङ्ग.े घाट, वडा नम्वर ११ क्वाङ्गखोलार वडा नम्वर ५ र ११ मा पर्ने शिव पशुपति घाटमा यसै वर्ष झोलुङ्गे पुल निर्माण हुने भएका हुन् ।
वैठकले कृषि कार्यक्रम कार्यान्वयनका लागि अर्थ समिति संयोजक माधव वलीलाई जिम्मा दिने निर्णय समेत गरेको छ । खेल पर्यटनको विकास गर्नका लागि उपमहानगरपालिकाले तुलसीपुर बबई नदीको किनारमा विच भलिवल प्रतियोगिता गर्ने भएको छ । फागनु महिनामा प्रतियोगिता आयोजना गर्नका लागि कार्यपालिका सदस्य अमर नेपालीका संयोजकत्वमा वडाध्यक्ष कुमार लामिछाने, राजु आचार्य, कार्यपालिका सदस्य दिपक कुमाल, जानका रेग्मी सदस्य र खेलकुद विकास समिति र खेलकुद पत्रकार समिति पदेन सदस्य रहनेगरि समिति समेत वनाइएको छ ।
वैठटकमा तुलसीपुरमा अटो भिलेज निर्माण सम्वन्धि स्थलगत अध्ययन र स्टीमेट र छलफल गरी समितिको वैठकबाट अघि वढ्ने निर्णय समेत गरिएको प्रवक्ता डाँगीले वताए ।