फलफूल व्यवसायी र उपमहानगरापलिका विच छलफल

तुलसीपुर १६ माघ
तुलसीपुरमा फलफूल, तरकारी र जडिबुटीलाई व्यवस्थीत गरिने भएको छ । त्यसका लागि करिब २ विघाह जमीन २० बर्ष सम्म भाडामा लिने तयारी समेत भएको छ । तुलसीपुर क्षेत्रमा अव्यवस्थीत रुपमा रहेको तरकारी, फलफूल र जडिबुटीलाई व्यवस्थीत गर्न तयारी थालेको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ ।
‘तुलसीपुरका सडक पेटीमा बसेर फलफूल, तरकारी, माछा, प्याजका वेर्ना बेच्न थाले’– तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले भने– ‘व्यवसायीक रुपमा राम्रो भए पनि सडक दुर्घटना हुन सक्ने सम्भावना भएकाले सुरक्षाका दृष्टिकोणले राम्रो हुदैन ।’
फलफूल, तरकारी तथा जडिबुटी बजारको व्यवस्थापन भएमा कुनै व्यक्तिले सडक छेउछाउँमा बसेर बदाम, सुन्तला, अमिला, तरकारी, च्याउ, कृषी जन्य विउँविजन लगाएत सीजन अनुसारका मौसमी फलफूल र तरकारी विक्रीवितरणमा पूर्ण रुपमा रोक लगाउने पमहानगरपालिकाले जनाएको छ । यद्यपी घुम्तीमा समेत तोकेको मापदण्ड अनुसार विक्रिवितरण गर्न पाइने छैन ।
तुलसीपुर उपमहानगरपालिका र फलफूल व्यवसायी विच भएको छलफलमा सहकारी वा कम्पनी मार्फत कसरी जाने सम्बन्धमा विहिबार सम्म टुङ्गो लगाउन व्यवसायीलाई नगरपालिकाले भनेको छ । नगरपालिकाले ढिलोमा फागुन महिना देखि भौतिक संरचना निर्माणको काम सुरु गर्ने तयारी गरेको छ । भौतिक संरचना बनाउदा तरकारी, फलफूल, जडिबुटी, माछाको लागि अलग अलग स्टल, कोल्ड स्टोर, स्टोरेज हाउस बनाउने बताइएको छ । भौतिक संरचना निर्माण पछि तुलसीपुरको पशु बधशाला पनि त्यसैमा लगिने वडा नं ५ का वडा अध्यक्ष बिरेन्द्र शाहले बताए । उचित व्यवस्थापन नहुँदा पश्चिम र उत्तरी हावाले तुलसीपुर बजार नै दुर्गन्धित हुने गरेको भन्दै अध्यक्ष शाहले त्यसलाई सार्ने बताए ।
तरकारी, फलफूल र जडिबुटीको व्यववस्थापन नहुँदा सडक छेउछाउँ र ठेलामा समेत व्यापार हुँदा तुलसीपुर क्षेत्रमा दुर्घटनाको सम्भावन बढ्दै गएको छ । यसको व्यवस्थापन गर्न सकेमा शहरको सौन्दर्यता बढ्ने र दुर्घटनामा समेत कमी आउने नगरवासीले अपेक्षा गरेका छन् ।
नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको बैठमा ६ नम्बर वडा अध्यक्ष नवराज लामीछाने, व्यवसायीहरु सुरेश वली, दामोदर गुप्ता, मिनराज चापागाई, कलसी कुमारी भण्डारी, मनोज गुप्ता लगाएतले छरीएर रहेका सबै व्यवसायीलाई एककृृत गर्न नसकेका कारण अशातित रुपमा व्यपार पष्टाउन नसकेको भन्दै यसको दिर्घकालीन समस्याको समाधान खोज्नु पर्ने बताएका थिए ।

 

 

प्रकाशित मिति : २०७४ माघ १६ गते मङ्गलवार
प्रतिक्रिया