दाङमा सौतेनी आमाको रड प्रहार बाट छोरी घाइते

तुलसीपुर,१५ माघ ।

पश्चिम दाङमा सौतेनी आमाको कुटाईबाट छोरी गम्भिर घाइते भएकी छन् । घाइते हुनेमा बबई गाउँपालिका ५ निबासी १८ बर्षकी मीना घर्ती रहेको तुलसीपुर प्रहरीले बताएको छ ।

सौतेनी आमा श्यामकली विकले रडले टाउकोमा हिर्काएपछि गम्भिर घाइते मीनालाई उपचारका लािग तुलसीपुर ल्याइएको प्रहरीले बताएको छ । घटनामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : २०७४ माघ १५ गते सोमवार
प्रतिक्रिया