सडकको काम ढिला सुस्ती भएकोमा उपमहानगरको ध्यानाकर्षण

तुलसीपुर,१४ माघ ।
तुलसीपुरको हात्तिखौवा देखि बिरेन्द्र चोक सम्मको सडक चार लेन बनाउने काम ढिला सुस्ति भएको भन्दै तुलसीपुर उपमहानगरपालिकाले ध्यानाकर्षण गरेको छ । आज सडक डिभिजन कार्यालय घोराहीमा पुगेर नगरपालिकामा ध्यानाकर्षण गराईएको हो ।

तुलसीपुर उपमहानगर कार्यपालिका सदस्य दिपक कुमालको नेतृत्वमा गएको टोलीले सडक डिभिजन कार्यालयका निमिक्त कार्यालय प्रमुख शेखर योगीलाई ध्यानाकर्षण गराएको हो । साथै कार्यपालिका सदस्य कुमालले कामलाई छिटो पुर्णता दिन आग्रह समेत गर्नुभएको छ । निर्माण सम्झौता भएको लामो समय विति सक्दा पनि कामले पुर्णता नपाउँदा यात्रु तथा त्यस क्षेत्रका बासिन्दालाई समस्था भएको भन्दै काम छिटो सम्पन्न गर्न आग्रह गर्नुभयो ।

ठेकेदार कम्पनीले भने काम जारी रहेको वताएको छ । फागुण महिना भित्रै काम सम्पन्न गर्ने ठेकेदार कम्पनिका बामदेव शर्माले बताउनुभयो । तुलसीपुरको हात्तीखौवादेखि वीरेन्द्रचोकसम्मको ९ सय मिटर सडकलाई ६ लेन बनाउने जिम्मा गौरी पार्वती निर्माण सेवाले लिएको थियो ।

चार करोड ५५ लाखको लागतमा निर्माण सम्पन्न हुन लागेको सडक निर्माणको काम गत कात्र्तिक दखि शुरु भएको थियो । तर बिभिन्न बाहाना देखाउँदै काममा ढिला सुस्ति भईरहेको छ । काम समयमा पुरा नहुँदा धुलाम्मे हुने गरेको छ । जसले गर्दा यात्रुहरुलाई आवत जावत गर्न निकै समस्या हुने गरेको छ ।

प्रकाशित मिति : २०७४ माघ १४ गते आइतवार
प्रतिक्रिया