रोल्पामा ५० किलो चरेस सहित दुई जना पक्राउ

तुलसीपुर,१४ माघ ।

रोल्पामा प्रहरीले ५० किलो चरेससहित दुईजनालाई पक्राउ गरेको छ । माडी गाउँपालिका ३ घर्तीगाउँबाट थवाङ ३ का २२ बर्षिय प्रश्न बुढामगर र शेरबहादुर बुढामगर लाई ५० किलो लगुऔषध चरेस सहित पक्राउ गरिएको ५ नम्बर अनुसन्धान ब्युरो प्रमुख प्रहरी निरीक्षक अरूण सिंहले जानकारी दिनुभएको छ ।

उनिहरूलाई आज बिहान २:५५ बजे प्रहरीले नियन्त्रणमा लिएको हो । उनिहरूलाई थवाङ प्रहरीको जिम्मा लगाइएको छ ।

प्रकाशित मिति : २०७४ माघ १४ गते आइतवार
प्रतिक्रिया