कुँवर विरुद्धको उजुरी खारेज 

सन्तोष अधिकारी

घोराही, १३ माघ / राष्ट्रि सभा निर्वाचनका लागि ५ नं प्रदेशको मुख्य निर्वाचन कार्यालय दाङले राजकुमार कुँवरका बिरुद्घ परेको उजुरी खारेज गरेको छ । माघ २५ गते हुने राष्ट्रिय सभा निर्बाचनमा राष्ट्रियसभा सदस्य पदका लागि ५ नं प्रदेशवाट अपाङ्ग तथा अल्पसंख्यकको कोटामा उनले उम्मेदवारी दिएका थिए । नेकपा माओबादी केन्द्रका तर्फवाट उम्मेदवार बनेका कुँवुर विरुद्ध सोही कोटामा नेपाली काँग्रेसबाट उमेद्बारी दिएका लुटबहादुर खत्रीले दाबी विरोध सहित उजुरी दर्ता गराएका थिए । निर्वाचन अधिकृत हेमन्त रावलले उजुरीको कानुनी आधार नदेखिएको हुँदा खत्रीको उजुरी खारेज गरिएको जानकारी दिए । उजुरी कर्ताले दाबी गरेझैं कानुनी आधार नपुगेको हुँदा खत्रीको उजुरी खारेज गरिएको मुख्य निर्वाचन अधिकृत रावलले बताए । माओवादी केन्द्रको आग्रहमा निर्वाचन आयोगले बन्द सुचि पूर्व मंसिर ९ गते नै उम्मेदवारी फिर्ता लिएको प्रमाणित भएका हुँदा खत्रीको उजुरी खारेज गरिएको रावलले जानकारी दिए । खत्रीले कँुवर विरुद्ध शुक्रवार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएकोमा सनिवार खारेज गरीएको हो । यसअघि प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फ बन्द सुचीमा नाम समाबेस गरेको हुँदा निर्वाचन नियमाबली अनुसार उमेद्बार बन्न अयोग्य रहेको दाबी सहित उम्मेदबारी खारेजीको माग गर्दै उजुरी पेश गरेका थिए । यसैबीच ५ नं प्रदेसबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने ८ सदस्यका लागि ११ जनाको उमेद्बारी परेको छ ।

प्रकाशित मिति : २०७४ माघ १३ गते शनिवार
प्रतिक्रिया