अपाङ्गमैत्री समाज स्थापित गर्नुपर्नेमा जोड

दाङ, माघ १३ ।

अपांग समाज सुधार केन्द्र तुलसीपुरका अध्यक्ष हुमकान्त कडेलले संस्थाको निर्माणाधिन भबनलाई आर्थिक तथा भौतिक सहयोगको जरुरी रहेको बताउनु भएको छ । २०७२ सालमा महापुराण लगाएर सङ्कलित रकमले जग्गा किन्न सफल भएपछि समाज कल्याण मन्त्रालय र सांसद बिकास कोषबाट केहि आर्थिक सहयोग प्राप्त भएपछि निर्माण थालिएको भबन अहिले आएर आर्थिक अभाबकै कारण अलपत्र अवस्थामा रहेको उहाँको गुनासो थियो ।

रोटरी क्लव अफ तुलसीपुर सिटीले आयोजना गरेको कार्यक्रममा अतिथी वक्ताको रुपमा बोल्दै कडेलले अपाङ्गता भएका व्यक्तिहरुको आधारभुत आवश्यकता अझै पनि सम्बोधन हुन नसकेकोमा दुख व्यक्त गर्नु भएको थियो । साथै अपाङ्गमैत्री समाज स्थापित गर्नमा सबैले भूमिका खेल्नु पर्ने उहाँको धारणा थियो ।

कडेललाई क्लवका पूर्व अध्यक्ष अनुप कुमार श्रेष्ठले खादा ओढाएर स्वागत गर्नु भएको थियो, भने पुर्व अध्यक्ष बिमल रिजालले क्लवले स्थापना कालदेखि अहिलेसम्म गरेका विभिन्न सामाजिक गतिविधिहरुको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा पूर्व अध्यक्ष बिजय केसीले अतिथि वक्ता कडेलको परिचय गराउनु भएको थियो ।

रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष तुफानबाबु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष श्रेष्ठले अतिथि वक्ता कडेललाई मायाको चिनो प्रदान गर्दै अपाङ्गता भएका व्यक्तिको बारेमा राज्यको स्पष्ट निति नियम तथा एैन कानुन बन्नु पर्ने धारणा राख्नु भएको थियो । क्लवका प्रस्तावित अध्यक्ष देव बहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा भाबी अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण पुर्व अध्यक्ष कुशल तर्तालले गर्नु भएको थियो ।

 

प्रकाशित मिति : २०७४ माघ १३ गते शनिवार
प्रतिक्रिया