ग्रामिण क्षेत्रमा काठका पोलहरु जिर्ण बन्दै

लक्ष्मण विश्वकर्मा, तुलसीपुर १३ माघ ।
तुलसीपुर ४ सिस्नेकुटीका गोबिन्द विकलाई आफनो गाउँमा कहिले विजुली आउला र बाल्न पाइएला भन्ने लाग्थ्यो पहिले ? जब गाउँमा विजुली बत्ति पुग्यो उहा खुसी हुनु भयो । तर त्यहि विजुली बत्ति अहिले उहाका लागी दिनहु खतरा बन्दै गएको छ । त्यस क्षेत्रमा बिद्युत लाईन बिस्तार भएपनि काठका पोलहरु भने जिर्ण बन्दै गएका छन् ।

बिद्युत लाईन विस्तार गरीएको अधिकांस काठका पोलहरु जिर्ण भएपछि कतिपय पोलहरु भाचिने र ढल्ले गरेका छन भने कतै ढल्ने अवस्था रहेका छन् । दुर्गम क्षेत्र र यातायातको सुविधा नहुदा सिमेन्टका पोलहरु प्रयोग गर्न नसकीएको कारण लाईन विस्तारमा काठको पोलहरु प्रयोग गरीएको थियो ।

जसोतसो काठका पोलहरु गाडेर भएपनि बिजुली गाउँमा आएपछि बत्ति बाल्न त पाईयो तर अहिले तिनै काठका पोलहरु पुरानो हुदा कहिले पोल ढलेर करेन्ट लाग्छ भन्ने डर रहेको छ, उनले भने । गाउँमा बिद्युत जडान भएदेखी एक पटक पनि बिद्युत कार्यालयबाट कुनै कर्मचारी नआएको उनले बताएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ को सिस्नेकुटी एउटा उदाहरण मात्र हो ।

त्यस क्षेत्रका काठका पोलहरु जिर्ण बन्दै गएका छन् । वडाको सिमलखोरिया, भेरीखोर , सिस्नेकुटी , मुल्कोट र बायखोला लगाएतका विभिन्न ग्रामिण क्षेत्रमा काठका पोलहरु प्रयोग गरीएका छन् । काठका पोलहरु प्रयोग गरीएका अधिकांस क्षेत्रमा यस्तो समस्या हुने गरेको नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख दिपक चौधरीले बताएका छन् । उनले तुलसीपुर क्षेत्रमा मात्र नभई पश्चिम बाघमारे, पातेटाकुरा लगाएतका विभिन्न क्षेत्रमा काठ पोलहरु प्रयोग गरीएको बताएका छन् ।

उहाका अनुसार चालु आर्थिक वर्षको वजेट अन्र्तगत कतिपय क्षेत्रमा पोलहरु बदल्ने काम भईरहेको जानकारी दिएका छन् । काठ पोलहरु प्रयोग भएका क्षेत्र मध्य जहाँ बढि समस्या छ त्यहाका पोलहरु बदल्ने काम भईरहेको कार्यालय प्रमुख चौधरीले बताएका छन् । साथै आफु भरखर मात्र तुलसीपुरमा आएको बताउदै कुन ठाउँमा कस्तो समस्या छ, त्यसको पहिचान गरेर कामलाई अघि बढाउने बताएका छन् ।

प्रकाशित मिति : २०७४ माघ १३ गते शनिवार
प्रतिक्रिया