किन दिए योगीले राप्ती बबई क्याम्पसबाट राजीनामा ?

तुलसीपुर, १२ माघ

राप्ती बबई बहुमुखी क्याम्पसबाट तुलसीपुर संचालक समितिका अध्यक्ष गोपीनाथ योगीले पदबाट राजीनामा दिनुभएको छ । स्रोतका अनुसार क्याम्पस प्रमुख लक्ष्मण रेग्मीसंग विवाद भएका कारण लिखित राजीनामा दिएको स्रोतले बताएको छ ।
अध्यक्ष योगीले टेलिफोन सम्पर्कमा, राजीनामा दिएको स्वीकार गरे पनि राजीनामाको विषयमा भने कुनै कुरा खुलाउन चाहनु भएन । यता क्याम्पस प्रमुख रेग्मीलाई सम्पर्क गर्न खोज्दा उहाँको मोबाइल अफ भएका कारण कुनै जानकारी प्राप्त गर्न सकीएन् ।

प्रकाशित मिति : २०७४ माघ १२ गते शुक्रवार
प्रतिक्रिया