तुलसीपुर, १२ माघ
उच्च अदालत तुलसीपुरले शान्तिनगर गाउँपालिकाको कार्यालय अन्यत्र नसार्न विपक्षीका नाममा अन्तरिम आदेश दिएको छ ।
स्थानीय मिनबहादुर केसी, खिमप्रसाद खरेलले गाउँपालिका अध्यक्ष कमान सिंह डाँगी समेतलाई विपक्षी वनाइ दिएको रिट निवेदकका आधारमा उच्च अदालतका न्यायाधिस द्धोय नित्यानन्द पाण्डेय र सुदर्शनदेव भट्टको संयुक्त इजलासले गाउँ पालिकाको केन्द्र अन्यत्र सार्ने निर्णय हाललाई कार्यान्वयन नगर्न नगराउन विपक्षीका नाममा आदेश दिएको हो ।
भौगोलिक र सुविधाको दृष्टिकोणले सबैलाई पायक पर्ने भन्दै पौष १४ गते बसेको शान्तिनगर गाउँसभाको दोस्रो बैठकले जुम्ले कुलाको शान्ति सामुदायिक वनको पाँच विहाह क्षेत्रफल भएको जग्गामा गाउँपालिकाको केन्द्र सार्ने निर्णय बुहमतले पारित गरेको थियो ।
अन्तरिमा ओदशमा स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४ अनुसार गाउँपालिकाको केन्द्र हेरफेर गर्न सम्बन्धित गाउँसभाले नेपाल सरकार समक्ष सिफारिस गरी गाउँपालिको केन्द्र हेरफेर गर्न सक्ने कानूनी व्यवस्था रहेकोमा गाउँपालिको सभाले केन्द्र अन्यत्र सार्ने गरेको निर्णय सुविधा र सन्तुलनको दृष्टिकोणले कार्यान्वय नगर्नु नगराउनु भनिएको छ । निवेदकको तर्फबाट अधिवक्ता शालिकराम रेग्मी र विपक्षीका तर्फबाट डिल्लीराज धिताल र विष्णुमणी धितालले बहस गर्नुभएको थियो । स्थानियहरुले गाउँपालिको केन्द्र नसार्न गरेको चर्को विरोध र आन्दोलनका वावजुत पनि गाउँसभाले गाउँपालिको केन्द्र सार्ने निर्णय गरेपछि उच्च अदालात तुलसीपुरमा पोष २६ गते रिट निवेदन परेको थियो ।