तुलसीपुर, माघ ११
तुलसीपुरको अरनीको मैदानमा लगाउने भनिएको व्यापारिक तथा कषि महोत्वस स्थगित गरिएको छ । विहिवार तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा वसेको कार्यदलको वैठकले बहिरा संघको छात्रावास निर्माणका लागि यसै आर्थिक वर्षबाट काम सुरु गर्ने सहमति भएपछि महोत्सव स्थगित गरिएको हो । राप्ती बहिरा संघले आगामी माघ १५ गते देखि २२ गते सम्म व्यापारिक तथा कृषि महोत्सव लगाउने तयारी गरेको थियो ।
कार्यदलको बैठकले वहिरा संघले मेला आयोजनाका लागि गरेको खर्च रकम सवैको पहलमा तिरिदिने, ंपेश्की वाफतको रकम फिर्ता माग्नका लागि पहल गर्ने र तुलसीपुरमा विभिन्न खाले वालवालिकाको अवस्था सुधार गर्नका लागि सवैको पहलमा बाल हितकोषको समेत व्यवस्था गर्ने निर्णय गरिएको प्रेस सल्लाहकार वसन्त विवश आचार्यले वताए ।
उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेको संयोजकत्वमा वसेको बैठकमा तुलसीपुर उद्योग वाणिज्य संघ, राप्ती बहिरा संघ, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय लगायतको सहभागितामा रहेको थियो । यसैगरी तुलसीपुर क्षेत्रमा सञ्चालन हुने व्यापार मेलाका सन्दर्भमा आवश्यक कार्यविधि निर्माण गर्ने समेत निर्णय गरिएको छ । महोत्सवका नाममा विकृतिका साथै ठूलो धनराशी गैरकानुनी रुपमा वाहिर समेत जाने भएकाले हामीले कार्यविधि समेत निर्माण गर्न लागेकोे नगरप्रमुख पाण्डेले वताए ।
महोत्सव लगाउने राप्ती बहिरा संघ र लगाउन नदिने तुलसीपुर उद्योगवाणिज्य संघ विच विवाद उत्पन्न भएपछि त्यसको व्यवस्थापनका लागि उपमहानगरपालिका नगर प्रमुख पाण्डेको संयोजकतवमा मंगलबार कार्यदल गठ गरिएको थियो । बहिरा संघले बहिरा बालबालिकाहरुका लागि छात्रबास निर्माण गर्ने भन्दै मेला लगाउने तयरी गरेको थियो । यता राप्ती बहिरा संघका अध्यक्ष अजय शर्माले वालवालिकाको हितका लागि आयोजना गरिएको महोत्सव स्थगन गर्नु खेदजनक भएको टिप्पण गर्दै महोत्सव पनि लगाउन नदिने र छात्रावास वनाउने प्रतिवद्धता पनि पुरा नगरेमा आफुहरुले कडा प्रतिरोध बताएका थिए । यता तुलसीपुर उद्योगबाणिीजय संघका अध्यक्ष विरुर वातले छात्रावास निर्माणमा लागि आफुहरु सकारात्मक रहेको भन्दै कार्यान्वयनका लागि लागि पर्ने बताए ।