घोराही, ११ माघ ।
दाङमा हराउनेहरुको संख्या बढ्दो देखिएको छ । जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङ्क अनुसार जिल्लामा हराउनेहरुको संख्या धेरै भएको हो । आर्थिक वर्ष २०७४/०७५ को साउन महिना देखि पुस महिना सम्म महिला तथा वालवालिका गरेर दुई सय दुई जना हराएका छन् ।
यसरि हराउनेमा सबै भन्दा धैरै महिला रहेका छन् । ६ महिनाको अवधीमा महिला हराएको भन्दै एक सय २३ निवेदन गरेका छन् । त्यस्तै ४८ जना बालक र ३६ जना बालिका हराएको भन्दै निवेदन परेको राप्ती पोष्टमा विमला घर्तिले समाचार लेख्नुभएको छ ।
कार्यालयका अनुसार २०७४ को साउन महिनामा ११ जना महिला, तीन बालक, छ बालिका हराएका छन् । भदौ महिनामा १७ जना महिला, पाँच जना बालक, तीन जना बालिका हराएको तथ्याङ्क रहेको छ । यस्तै असोज महिनामा २९ जना महिला, तीन जना बालक, ११ जना बालिका हराएको भन्दै कार्यालयमा निबेदन परेको थियो । कात्तिक महिनामा १६ जना महिला, १० जना बालक, १० जना बालिका हराएका थिए ।
भने मंसिर महिनामा २८ जना महिला, आठ जना बालक, १३ जना बालिका हराएको तथ्याङक रहेको छ । गत पुस महिनामा २२ जना महिला, सात जना बालक, पाँच जना बालिका हराएको निबेदन परेको कार्यालयको तथ्याङ्कमा उल्लेख गरेको छ । प्रहरी कार्यालयका अनुसार बेपत्ता हुनेको संख्या प्रत्येक वर्ष बढिरहेको छ ।