तुलसीपुर,१० माघ ।
तुलसीपुरको पातुखोलामा डुवेर एकै घरका दुई बालकको ज्यान गएको छ । मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका वडा नम्वर ११ हिउल्चा स्थायी घर भएका लोकेन्द्र बहादुर कंवरका छोराहरु १२ बर्षिय कुमार कंवर र १० बर्षिय राज कुमार कंवर रहेको ईप्रका तुलसीपुरले जनाएको छ ।
तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ५ रानीजरुवाको झोलुङ्गे पुल नजिक डुवेर उनिहरुको मृत्यु भएको डिएसपी प्रकाश सापकोटाले जानकारी दिनुभएको छ । कंवर परीवार तुलसीपुरमा डेरा गरी बस्दै आएका थिए । पुल हेर्न भनि गएका उनिहरु खोलामा नुहाउन खोज्दा डुवेका थिए ।
प्रकाशित मिति : २०७४ माघ १० गते बुधवार