अपराधिक क्रियाकलाप रोक्न सल्यान प्रहरीले चाल्यो यस्तो कदम

मिना बुढाथोकी, माघ १०,सल्यान ।
जिल्ला प्रहरी कार्यालय सल्यानले बुधवार बाट आप्mनै कार्यालय अगाडी नयाँ प्रहरी चेकपोष्ट स्थापना गरेको छ । जिल्लाको शारदा नगरपालिका –३ बयलडांडा मा रहेको जिल्ला प्रहरी कार्यालय अगाडी प्रहरी चेक पोष्ट स्थापना भएको प्रहरी प्रमुख डिएसपि भरत बहादुर विकले जानकारी दिए ।

सदरमुकाम बाट छुटने सावारी साधनको चेकजांचका लागी पोष्ट स्थापना गरेको उनले बताए । उनले भने –“यो क्षेत्रमा जिल्लाबाट छुट्ने सवारी साधन हरु बढ्न थालेपछि चेक पोष्टको स्थापना गरेकाहौं।” सदरमुकाम बाट अहिले सल्लीबजार,कालीमाटी,जयतपानी,लक्ष्मीपुर, खैराबांग,लगायतका स्थानमा नियमित रुपले गाडी संचालन मा आएका छन ।

प्रहरी पोष्ट स्थापना संगै सदरमुकामबाट सो बाटो भएर विभिन्न स्थानहरुमा जाने सवारी साधनमा यात्रुको क्षमता को निगरानी गरिने र जिल्लाको पश्चिम क्षेत्रमा आवत जावत गर्ने सवारीका साधनमा अवैद्य वस्तु ओसार पसारमा समेत यस्ले मद्दत पुर्याउने विश्वास जिल्ला प्रहरीले लिएको छ ।
यसैबिच
डिएसपि भरत बहादुर विकले जिल्लाको दुईवटा सार्वजनिक स्थानमा सिसि क्यामरा जडान गरेको र केही स्थानमा जडानको काम भई रहेको बताएका छन । जिल्ला प्रहरी कार्यालय र शारदा नगरपालिका को संयुक्त सहयोगबाट सिसि क्यामरा जडान गरेको विकले बताए । सर्वसाधारणको अतिनै चाप रहने खलंगा बजार र जिल्ला अस्पताल सल्यानमा सिसि क्यामरा जडान गरेका हौं उनले भने । कुनै पनि अपराधिक घटना , सार्वजनिक अपराध र चोरीका घटना न्युनिकरणका लागी सिसि क्यामरा बाटै निगरानी बढाईएको उनले बताए ।

सिसि क्यामरा जडान गर्न करिब ५ लाख खर्च भएको शारदा नगरपालिका प्रमुख सुरेस अधिकारीले बताए । बिरामीले सेवा पाए नपाएको कर्मचारीले काम गरे नगरेको बारे निगरानी गर्ने उदेश्यले अस्पतालका ५ ठाउँमा सिसि क्यामरा जडान गरिएको नगरप्रमुख अधिकारीले बताए ।

। नगरप्रमुख अधिकारीले भने “हामी शारदा नगरपालीका भित्र कुनै पनि अपराधिक घटना हुने दिने छैनौ, केही दिन भित्र निरन्तर रुपमा सिसि क्यामरा सञ्चालनमा ल्याएर जिल्लामा प्रहरी लाई जिम्मा दिने छौँ” ।

यस्तै जिल्लाकै ठुलो ब्यापारी केन्द्र श्रीनगर बजारमा पनि सिसि क्यामरा जडान गर्ने गरी काम अगाडी बढाईएको उनले बताए । यस्ता बजारहरुमा झनै अपराधिक घटना हुन सक्ने भएकाले पनि सिसि क्यामरा बाटै निगरानी गर्ने उनले बताए ।

प्रकाशित मिति : २०७४ माघ १० गते बुधवार
प्रतिक्रिया