अचेत अवस्थामा होटलमा भेटिएका डाँगीको मृत्यु

प्रिया स्मृती गजमेर , माघ १० लमही ।
लमहीको एक होटेलमा अचेत अबस्थामा फेला परेका पश्चिम शान्तीनगर ५ निवासि ४५ बर्षिय विष्णु कुमार डाँगीको मृत्यु भएको छ । डाँगीले मंगलवार दिउसो ३ बजे न्यु लमही होटलमा बास बस्ने भन्दै कोठा बुक गरेका थिए ।

तर पौने ७ बजेतिर उनि कोठामा अचेत अवस्थामा भेटिएपछि उनलाई प्रहरीले अस्पताल लगेको थियो । अस्पतालमा ईसीजी चेकजाच पछि डाँगीलाई डाकटरले मृत घोषणा गरेको लमही प्रहरीले बताएको छ । शव लमहि अस्पतालमा रहेको छ । यसवारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७४ माघ १० गते बुधवार
प्रतिक्रिया