तुलसीपुर,९ माघ ।
श्रम तथा रोजगार राज्यमन्त्री डील्लीबहादुर चौधरीले आफूले पदबाट राजीनामा नदिएको बताउनुभएको छ । बिभिन्न संचार माध्यममा दाङमा प्रदेशको अस्थायी मुकाम नतोकेकोमा असन्तुष्टि जनाउँदै राज्यमन्त्री चौधरीले राजीनामा दिएको सामाचार सार्वजनिक भएपछी टेलिफोनमा प्रतिक्रिया दिंदै उहाँले आफूले राजीनामा नदिएको प्रष्ट पार्नुभयो । आफू अहिले प्रधानमन्त्री शेर बहादुर देउवा सँग सरकारी निवास बालुवाटारमा भएको बताउनुभयो ।
प्रकाशित मिति : २०७४ माघ ९ गते मङ्गलवार