तुलसीपुर ८ माघ
सल्यानमा बस पल्टीदा ३ जनाको ज्यान गएको छ भने ३७ जना घाइते भएका छन् । रुकुमबाट दाङका लागि छुटेको ना५ख ५३१ नम्बरको बस त्रिवेणी गाउँपालिका ६ भान्टाखोलामा पल्दीदा ३ जनाको ज्यान गएको इलाका प्रहरी कार्यालय लुहामले जनाएको छ । मृत्यु हुनेमा सल्यानको बाजचौर नगरपालिका निवासी ६९ बर्षीया छन्चरी विक, रुकुमको मुसीकोट नगरपालिका पुष्पा खड्का र रुकुमको चेउघा १० निवासी १७ बर्षका खिमबहादुर खड्का रहेको प्रहरी जवान सन्तोष चौधरी जानकारी दिएका छन् । एउटालाई दुइपटक गन्दा चार भएको भन्दै प्रहरीले सच्याएको छ ।
बस अनियन्त्रीत भएर सडकबाट डेढसय मिटर तल खसेको प्रहरीले बताएकोछ । गम्भिर घाइतेलाइ नेपाल गञ्ज र श्रीनगरमा उपचारका लागि पठाएको प्रहीले बताएको छ ।
फोटो नविन पौडेलको फेसबुकबाट
प्रकाशित मिति : २०७४ माघ ८ गते सोमवार