तुलसीपुरमा छोराले गरे बाबुको हत्या

तुलसीपुर, ८ माघ

दाङको तुलसीपुरमा छोराले बाबुको हत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका ८ कृष्ण मन्दिर निवासी २९ बर्षका तेजु चौधरीले ५२ बर्षका वुवा बाबुराम चौधरीको हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् । तेजुले सामान्य विवाद पछि आइतबार राति पछाडिबाट खुकुरी प्रहार गरेर हत्या गरेको बयान दिएका छन् । उनले राती सवा नौ बजेको बाबुको घाँटेर हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन् । आफै झुण्डी हत्या गरे जस्तो देखाउन तेजुले घरको भान्सा कोठामा झुण्ड्याएर सोमबार विहान प्रहरीलाई खबर गरेका थिए ।
घटनाको प्रकृति हेर्दा हत्या जस्तो देखेपछि प्रहरीले अनुसन्धान गर्ने क्रममा छोराले नै हत्या गरेको खुल्न आएको प्रहरी नायव उपरीक्षक सापकोटाले बताए ।हत्या गर्ने छोरालाई प्रहरीले पक्राउ गरीसकेको जनाएको छ ।

 

प्रकाशित मिति : २०७४ माघ ८ गते सोमवार
प्रतिक्रिया