मा.वि.उरहरीमा सरस्वती पुजा यसरी मनाईयो

तुलसीपुर,८ माघ ।
सरस्वती पुजाको अवसरमा तुलसीपुर ११ मा रहेको अमर माध्यमिक विद्यालय उरहरीले विविध कार्यक्रम गरी मनाएको छ। विद्यालयका प्रधानाध्यापक पदम प्रसाद न्यौपानेको अध्यक्षता तथा शिक्षक अभिभावक संघका अध्यक्ष लिलाधर डाँगीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो।

कार्यक्रममा निवर्तमान विद्यालय ब्यवस्थापन समिति सदस्य यूवराज केसीले शैक्षिक सत्र २०७३ मा विद्यालय प्रथम हुने छात्रा विमला सुनारलाई नगद सहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

गतवर्ष विद्यालयमा सरस्वतीको मूर्ति सहयोग गर्नुभएका केसीले बर्षेनि विद्यालय प्रथम हुनेलाई पुरस्कार दिने घोषणा गर्नुभएको थियो । कार्यक्रममा बोल्दै केसीले विद्यार्थिहरुको पढाईमा ध्यान जाओस भनेर नै पुरस्कार दिदै आएको बताउनुभएका थियो । कार्यक्रममा उपस्थीत शिक्षक विद्यार्थिहरुले पुजा आजा गर्नुका साथै नाचगान समेत प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २०७४ माघ ८ गते सोमवार
प्रतिक्रिया