नक्कली पेस्तोल देखाएर चोरी गर्ने सल्यानमा पक्राउ

तुलसीपुर, ७ माघ

सल्यानमा नक्कली पेस्तोल देखाएर चोरी गरेको आरोप सल्यानमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिद्ध कुमाख गाउँपालिका १ निवासी २० बर्षका सुकलाल बस्नेत र सोही ठाउँ निवासी १७ बर्षका हेमन्त खड्का रहेको जिल्ला प्रहरी कार्यालय सल्यानलका प्रहरी नायव उपरीक्षक भरत विकले जानकारी दिनुभयो । पक्राउ परेकाहरुको साथबाट प्रहरीले २६ हजार ६ सय ३२ रुपैयाँ, तीन वटा मोबाइल र बच्चाले खेलाउने रबरको नक्कली पेस्तोल समेत बरामद गरेको छ । घटनामा संलग्न रहेको आरोपमा सोही ठाउका टेकेन्द्र बोहरा फरार रहेको र खोजीकार्य जारी रहेको प्रहरीले बताएको छ ।
आरोपीलाई सारदा नगरापालिका १ शितलबजारबाट हिजो साँझ पक्राउ गरिएको हो । सिद्ध कुमाख गाउँपालिका १ बाँझकाँडा बस्ने टेकबहादुर बुढाथोकीको घरबाट गत माघ ५ गते चोरी गरको आरोप लागेपछि प्रहरीले खोजीकार्य तिब्र पारेको थियो ।

 

 

प्रकाशित मिति : २०७४ माघ ७ गते आइतवार
प्रतिक्रिया