६ दिन देखि बन्द दाङ, बेलुकी देखि खुल्यो 

तुलसीपुर ६ माघ

विगत ६दिन देखि भएको दाङ बन्द बेलुकी ६ बजे देखि खुलेको छ । प्रादेशिक राजधानी दाङ हुनुपर्ने माग गर्दै गत माघ १ गते देखि गरिएको बन्द माघ २४ गते सम्मका लािग फिर्ता गरिएको संयुक्त आन्दोलन संघर्ष समितिका संयोजक टीकाराम खड्काले जानकारी दिएका छन् । लमहीमा बसेको बैठकले आन्दोलनको स्वरुपमा परिवर्तन गर्दै तत्काललाई वन्द फिर्ता गरेको हो । संयोजक खड्काका अनुसार आइतबार ११ बजे जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, हातमा कालो पट्टी बाँधेर विरोध ¥याली गर्ने, ८ गते दाङमा प्रत्यक घर घरमा कालोझण्डा गाडेर विरोध जनाउने, ९ गते जनप्रतिनिधी र वौद्धिक वर्ग संग वसेर अन्तरकृया तथा छलफल गर्ने, १० गते यस क्षेत्रका सांसदको बैठक बसालेर प्रतिवद्धता गराउने लगाएतका कार्यक्रम तय गरिएको छ । माघ २४ गते सम्म पनि कुनै प्रकारको सुनुवाई नभए अनिश्चितकालिन बन्दको घोषणा गर्ने संयुक्त संघर्ष समितले जनाएको छ । बैठकमा कांग्रेस जिल्ला सभापति कृतिबहादुर खड्का, एमालेका जिल्ला अध्यक्ष टीकाराम खड्का, माओवादी केन्द्रका जिवन गौत लगाएको सहभागिता रहेको समितिले बताएको छ ।

शनिबार मात्रै दाङको लमहीमा पुगेर राजमार्ग केन्द्रित आन्दोलन गरिएको थियो । दाङमा राजधानी सरोकार समिति र संयुक्त संघर्ष समितिको नामबाट बन्दको आव्हान गरिएको थियो । बन्द खुलेपछि यातायातका सवारी साधन सडकमा गुड्न थालेका छन् । विचबाटोमा रोकिएका सवारी साधन संचालनमा आएका छन् ।

प्रकाशित मिति : २०७४ माघ ६ गते शनिवार
प्रतिक्रिया