थारु संकृतिले नेपाली समाजलाई धनी बनायो –  केसी

तुलसीपुर, ६ माघ
प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीले थारु संकृतिले नेपाली समाजलाई धनी बनाएको बताउनु भएको छ । संयुक्त वाम गठवन्धनले तुलसीपुर उपमहानगरपालिका १२ को बेल्टाकुरमा आयोजना गरिएको माघि मिलन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विशेष गरि थारु, मगर, गुरुङजातिको महत्व पूर्ण मानिने माघि पर्वले नेपाली समाजलाई एकता र सद्भावमा बाँध्ने काममा सहयोग पु¥याउने बताउनुभयो ।
फरक प्रसंगमा उहाँले काम चलाउ सरकारले गरेको निर्णय मान्न नसकिने बताउनुभएको छ । ‘जनआधार गुमाई सकेको सरकारले गरेको निर्णय मान्न सकिदैन,’ प्रतिनिधि सभा सदस्य केसीले भन्नुभयो,‘ जनताको भावनालाई कदर गर्नेहो भने सरकाले गरेको निर्णयमा पुर्नरविचार गर्नु पर्छ ।
त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य उत्तरकुमार वलीले थारु संस्कृतिलाई बचाई राख्न थारु युवाहरु संगिठीत हुनुपर्नेमा जोड दिनुभयो । सोही कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डेले थारु भाषालाई सरकारी कामकाजको ल्याएर थारु जातिको सम्मान गरेको बताउनुभयो ।
संयुक्त वामगठबन्धनका संयोजक यज्ञबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा दंगीशरण गाउँपालिका अध्यक्ष भागिराम चौधरी, एमालेका युवानेता कमल केसी, लोकजंग शाह, सिड संस्थाका अध्यक्ष भागीराम चौधरी, टेकबहादुर केसी, होताराम बस्नेत, हरी प्रसाद वली लगाएतले आ–आफना धारणा राख्नु भएको थियो । माघि मिलन कार्यक्रमा विभिन्न नृत्य तथा गित प्रस्तुत गरिएको थियो भने एक दर्जन बढी समूहले प्रतियोगितामा भाग लिएका थिए ।

 

प्रकाशित मिति : २०७४ माघ ६ गते शनिवार
प्रतिक्रिया