तुलसीपुर, ६ माघ
दाङको तुलसीपुरमा महिलाहरुले राजाधानीको माग गर्दै थाल ठटाएका छन् । कमचलाउ सरकारले अन्याय पूर्ण व्यवहार गरेको भन्दै उनिहरुले घरघरबाट थाल, चम्चा, प्लेट, दिप्ची लिएर सडकमा उत्रीएका हुन् । संयौं संख्यामा आएका महिलाहरुले, दाङ राजधानी हुनैपर्छ, दंगालीबासी एक हौं, हाम्रो एकता जिन्दावाद, सरकारी निर्णय फिर्ता गर, हाम्रो आन्दोलन जारी छ , लगाएका नारा लगाउदै तुलसीपुर बजार परिक्रमा गरेका थिए । र्यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै महिला अिधकारकर्मीहरुले देशकै राजधानी थेग्न सक्ने दाङलाई प्रदेशको राजधानी नगराएर ठूलो अन्याय गरेको बताएका थिए ।
भौगोलिक, प्राकृतिक र अन्य जिल्लाहरुलाई पनि पायक पर्ने गरि प्राविधिक समितिले तयार पारेको प्रतिवेदनलाई लत्याउदै कामचलाउन सरकारले गलत निर्णय गरेको भन्दै तत्काल फिर्ता लिन माग गरेका छन् । उनिहरुले आन्दोलनलाई थप शसक्त वनाउदै लग्ने समेत चेतावनी दिएका छन् ।
संयुक्त सघर्ष समितिको आयोजनामा भएको विरोध र्यालीमा एमाले नेतृ पवित्रा केसी, माओवादी केन्द्रका नेतृ राधिका परियार, कांग्रेस नेतृ शुष्मा गिरी, वडा नं. ५ का महिला वडा सदस्य सावित्रा गुरुङ, तुलसीपुर उद्योगबाणिज्य संघका सपना बस्नेत, उपमहानगरापलिका स्तरीय महिला नगर संजालका संयोजक यमुना शाह, सचिव रेश्मी वली, चीत्रा गिरी, मिना वादी, सितारा नेपाली लगाएतले सम्बोधन गरेका थिए । कार्यक्रमको संचालन पत्रकार निरला अर्याल गैरेले गर्नुभएको थियो ।