आज पनि दाङ ठप्प

तुलसीपुर,५ माघ ।
अस्थायी राजधानीको मुकाम माग्दै चौथो दिन आज बिहानैदेखि दाङ ठप्प पारिएको छ । सरकारले बुटवललाई अस्थायी राजधानीको मुकाम तोकेपछि मंगलबारदेखि दाङ आन्दोलित भएको छ ।

आन्दोलनका कारण जिल्लाका उद्योग, कलकारखाना, यातायात सबै क्षेत्र चार दिनद्खि ठप्प रहेका छन् । आन्दोलनरत संयुक्त संघर्ष समितिले सरकारी कार्यालयहरु पूर्णरुपमा बन्द गर्ने, होटलसहित सबै बजार बन्द गर्ने, एम्बुलेन्समा बिरामी हो र होइन एकिन गरेर मात्र चल्न दिने, अटो, रिक्सा समेत बन्द गर्ने जस्ता निर्णयहरु पनि गरिएका छन् । बन्दका कारण ठाउ ठाउमा यात्रुहरु अलपत्र परेका छन् ।।

प्रकाशित मिति : २०७४ माघ ५ गते शुक्रवार
प्रतिक्रिया