एघार किलो चरेस सहित दुई जना पक्राउ

तुलसीपुर,५ माघ ।
लागु औषध चरेस सहित दुई जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको राङकोट निवासि भागिराम घर्ति मगर र माडि गाँउपालिका निवासि चन्द्र बहादुर घर्ति रहेको निमित्त प्रहरी प्रमुख डिएसपि राम प्रसाद घर्ति मगरले जानकारी दिनुभएको छ ।

उनिहरुलाई रुपन्देहिको सालभुण्डी बाट ११ किलो चरेस सहित हिजो बेलुकि पक्राउ गरिएको हो । दाङबाट पिछा गरीरहेको प्रहरीले सालभुण्डी पुग्दा पक्राउ गरेको र अहिले ईप्रका सालझुण्डीमा राखिएको डिएसपी घर्तिले जानकारी दिनुभयो । उनिहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ अन्र्तगत मुद्धा चलाईने छ ।
फोटो – सागर थापाको फेसबुकबाट

प्रकाशित मिति : २०७४ माघ ५ गते शुक्रवार
प्रतिक्रिया